४८ असहाय बालबालिकासंग मनाए समाजसेवी तिल बहादुर कार्कीले ४८औं जन्मदिन

काठमाण्डौँ, असार १२ तेजनेपाल
लकडाउनको कठिन समयमा पनि ४८ असहाय, अपाङ्ग बालबालिकाको सयुंक्त अपांग एकता आवाज केन्द्र नामक संस्थाद्वारा पालन पोषण गरिरहेका समाजसेवी तिल बहादुर कार्कीले आफ्नो ४८औं जन्मदिन मनाएका छन ।

आफ्नो जन्मदिनको अवसरमा यि बालबालिकाको भविष्यलाई अझै बलियो आधार दिने प्रणका साथ उनी अझै अगाडि बढ्दै जाने प्रतिबद्धता जाहेर गर्छन् । आफ्नो जन्मदिनको अवसरमा विभिन्न संघ, संस्था तथा व्यक्ती बिशेषले गरेको सहयोग प्रती उनी आभार व्यक्त सग्र्छन ।

४८ बढी असहाय, अपाङ्ग बालबालिकाको बुवा बनेर बसेका उनी आफ्नै अशक्तताका बाबजुत पनि यस्ता बालबालिकालाई आफुले कर्म दिने बाबुको रुपमा पालन पोषण गरेको कुराहरु बताउनु भयो । आफु सानैमा जन्मिदै अपाङ्ग जन्मेको र आफ्नो आमाले आफुलाई वेवास्ता गरेको र आफुले मागेर कमाएको पैसाले यि बालबालिकालाई पालेको र यसमा सक्दो सहयोग गर्ने संस्थाहरुलाई पनि हृदयदेखी नै धन्यवाद व्यक्त गर्न चाहेको कुरा बताउनु भयो ।

उक्त संस्थामा ३ देखी १४ वर्षसम्मका बालबालिकाहरु रहेको जसमा शरीरिक रुपमा अपाङ्ग, द्वन्द पीडित, २०७२ सालको भुकम्प पीडित तथा बाढी पीडित लगायतका रहेको कुरा समाजसेवी तिल बहादुर कार्कीले बताउनु भयो । थोपा थोपा मिलेर समुन्द्र बन्छ, एक थुकी सुकी, सय थुकी नदी भने झैँ, यदी कोही व्यक्तिले सहयोग गर्न चाहेमा आफुले सकेको सहयोग गर्न आग्रह गर्छन् ।

यदि तपाईंहरुले पनि यी साना नानीहरुलाई सहयोग गर्न चाहनुहुन्छ भने तल दिईएको नम्बर र ठेगानामा सम्पर्क गरी आफुले सकेको सहयोग गर्न सक्नु हुनेछ ।
तिल_बहादुर_कार्कि(Chairman)सयुंक्त अपांग एकता आवाज केन्द्र
सम्पर्क नं ९८५१०८७०४९, ९८५१०५९८८५, ९८४१९१९७७५
टेलीफोन नं:- ०१-४८०११४१
Web:- www.Jduac.org.np
ईमेल:- Karki.til2013@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *