नेपालको जनसंख्या ३ करोड नाघ्यो, नयाँ जनगणनाका लागि तयारी सुरु

काठमाण्डौँ, असार १२ तेजनेपाल
नेपालको जनसंख्या बढेर ३ करोड नाघेको छ ।

केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार नेपालको जनसङ्ख्या तीन करोड नाघेको जनाएको छ ।

तथ्यांक विभागको वेबसाइटमा राखिएको क्याल्कुलेटरले शुक्रबार नेपालको जनसंख्या ३ करोड ६३४ देखाएको हो ।

२०६८ सालको जनगणना अनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ५४ हजार पाँच सय चार थियो ।

१२ औँ राष्ट्रिय जनगणना २०७८ असारमा गर्ने सरकारको तयारी छ ।

नेपालमा प्रत्येक दश वर्षमा जनगणना हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *