नेपालमा आज थपिए ५९३ कोरोना संक्रमित, संक्रमित संख्या ११ हजर नाघ्यो

काठमाण्डौँ, असार १२ तेजनेपाल
नेपालमा आज पछील्लो अपडेट अनुसार थप ५९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो सँगै देभभर कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

संक्रमितमध्ये २,६९८ जना निको भएका छन् भने २६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड-१९ भएका व्यक्ति भेटिएका छन् ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *