नेपाली चलचित्र क्षेत्रमा बिधमान समस्या समाधानको माग गर्दै बिकास बोर्ड्लाई एनएफसिएको पत्र

काठमाण्डौँ, असार १२ तेजनेपाल
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका पदाधिकारिको एक टोलिले नेपाल चलचित्र बिकास बोर्डका नव नियुक्त अध्यक्ष श्री दयाराम दाहललाई भेटी समग्र नेपाली चलचित्र क्षेत्रको समस्या र त्यसको समाधानका लागि १५ बुँदे माग तथा सुझाव पेश गर्दै पत्र बुझाएको छ ।

बोर्ड अध्यक्षको कार्य कक्षमा भएको उक्त भेट्घाटमा समग्र नेपाली चलचित्रलाई कसरी अन्तराष्ट्रिय बजारसम्म लान सकिन्छ र त्यसका लागि के के कस्ता निति अपनाउनु पर्छ भन्ने बारेमा पनि छलफल भएको थियो । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बिगतदेखि नै समग्र नेपाली चलचित्रको स्तरोन्नतिका लागि अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) तथा विभिन्न खाले कार्यशाला लगायतका कार्य गर्दै आइरहेको छ ।

आजै असार १२ गते भएको उक्त औपकचारिक भेटघाट कारक्रममा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपि पाठकले चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई सुझाव पत्र हस्तान्तरण गर्नु भएको थियो भने प्रतिष्ठानका महासचिव राजु के.सीले सुझाव पत्र वाचन गर्नु भएको थियो ।

उक्त समारोहमा प्रतिष्ठानका कोषाध्यक्ष कमल शर्मा र सदस्य प्रमोद भण्डारी सहितको टोलिको बोर्डमा उपस्थित थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *