मनोज केसी’समय”को शब्दमा लोकस्टार राम कुमारको ‘कहिले बन्छ देश’को भिडियो सार्वजनिक

काठमाण्डौँ, असार १३ तेजनेपाल
हाल देशमा बिधमान कोरोना कहरका कारण देशभर लकडाउनको अवस्थाका कारण मनिसहरुको जीवन अस्त व्यस्त बनेको छ । यो संगै देशमा यस् बिषम परीस्थितिका कारण थुप्रै समस्याहरु आईपरेको छ ।

यस्तै यस्तै कुराहरुलाई शब्दमा उतार्दै आफ्नो रचनालाई दर्शक सामु पुर्याउने प्रयासमा बनेको निकै नै मार्मिक भावुक शब्दले भरिएको यथार्थवादी गीत ‘कहिले बन्छ देश’को भिडियो सार्वजनिक गरिएको छ ।

प्रस्तुत गीत सञ्चारकर्मी तथा कुशल शब्द रचनाकार मनोज के सि समयको शब्दमा नेपालको चर्चित रियालिटी सो लोक स्टारमा टप ४ मा पर्न सफल सुमधुर आवाजका धनी तथा कुशल गायक राम कुमार नेपालीको स्वरमा र संगीतकार राजेश बर्देवाको संगीतमा बनेको छ । गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका छन भने रेकर्डिङ दिपक सँगम बि सि तथा मिक्सिङ खडक बाजुरालीले गरेका छन । गीत माला श्री स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

डि आर सुजनले निर्देशन गरेको भिडियोलाई रक कुशलली छांयाकन गरेका छन । भिडियोमा गायक राम कुमार नेपाली स्वयम र श्रेया गौतमको अभिनय रहेको छ भने सम्पादन दिपक बिष्टको रहेको छ ।

अडियो तथा भिडियोलाई स्पस्ट खबर मिडियाले बजारमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *