चर्चित गायक कबिन्द्र श्रेष्ठको नयाँ गीत ‘जब मैले तिमीलाई”को भिडियो सार्वजनिक

काठमाण्डौँ, असार १३ तेजनेपाल

कोरोना कहरका कारण देशभर कतै लकडाउन त कतै अंशिक रुपमा खुलिसकेको अवस्थाका कारण मनिसहरुको जीवन अस्त व्यस्त बनेको छ । यो संगै देशमा यस् बिषम परीस्थितिका कारण थुप्रै समस्याहरु आईपरेको छ ।

लकडाउनको प्रत्यक्ष असर नेपाली मनोरञ्जन क्षेत्रमा पनि परेको छ । जसका कारण थुप्रै नेपाली कलाकारहरुले आफ्नो कार्यहरु गर्न पाईरहेका छैनन । यस्तै अवस्थामा पनि छिटपुट रुपमा कतै कतै भने उपत्यकामा खुलेको आंशिक लकडाउनको मौका छोपेर सामाजिक दुरी तथा नियमको पालना गर्दै नेपाली कलाकारहरुले आफ्नो दर्शक श्रोतालाई केही फ्रेशनेस र मनोरञ्जन प्रदान गर्ने हेतु आफ्नो भिडियो शुटिङ, सम्पादनका कार्य तथा डिजिटल भिडियो रिलिज गरिरहेका छन ।

हालै रिलिज गरिएको चर्चित गायक कबिन्द्र श्रेष्ठको बिल्कुलाई नयाँ गीत ‘जब मैले तिमीलाई”को भिडियो सार्वजनिक भएको छ । गीतलाई हिजो मात्र हिमालयन टेलिभिजन तथा इमेज च्यानलबाट वर्ल्ड प्रिमियरको रुपमा रिलिज गरिएको थियो । भिडियोलाई गायक स्वयमले निर्देशन गरेका हुन । राजु मानन्धर तथा निरन्जन लाल श्रेष्ठले संयुक्त रुपमा छांयाकन गरेका छन भने सम्पादन कार्य बिजेन श्रेष्ठले गरेका छन । कलर जेसिका प्रधानको रहेको छ ।

गीतमा नेपालको चर्चित सांगितिक समुह स्काई ब्याण्डको शब्द संगीत रहेको छ । गायक कबिन्द्र श्रेष्ठ चर्चित सांगितिक समुह स्काई ब्याण्डका लिड भोकलिष्ट पनि हुन । ब्याण्डका चर्चित एल्बम तथा गीतहरुमा रिमझिम रिमझिम, डाँडैमा मेला, हावा सरर, मायाको आधार, ड्रीम गर्ल्ज़ आदी रहेका छन । गीतलाई अर्का चर्चित गायक, संगीतकार, एरेन्जर तथा बहुप्रतिभाका धनी जेम्स प्रधानले एरेन्ज गरेका हुन ।

भिडियोलाई लकडाउन भर्जनको रुपमा प्रस्तुत गरिएको तथा आफ्नै अफिसियल युटुब च्यानलबाट अपलोड गरिएको कुरा गायक श्रेष्ठले तेजनेपाललाई बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *