उ मरेन आज,छ्या बोर भयो (कविता)प्रल्हाद खरेल

उ मरेन आज,छ्या बोर भयो

-प्रल्हाद खरेल

मरेको भए उ ईतिहास लेख्थ्यो
दुनियालाइ पाठ सिकाएर जान्थ्यो
उ मर्नै पर्थ्यो अनि त उ
समाचार को हेड्लाइन बन्थ्यो
मान्नुस नमान्नुस त्यो तपाइको स्वतन्त्र अधिकार
बाचिन्जेल उस्को कर्म ओझेलमा पर्यो
मरेको भए उस्को कर्मको खोजी हुन्थ्यो
बाचिन्जेल नपाएको उस्को कर्म को फल
आज उ मरेको भए पाउथ्यो

तर उ मरेन छ्या क्या बोर भयो

उ बाचिन्जेल रित्तो थालको आवाज कर्कस मान्ने हरु
उ मरेको भए मीठो धुनमा गुन्जएमान हुन्थ्यो
कसैलाइ गफ गर्ने बाहना हुन्थ्यो
अनि कसैलाइ समाचार बिकाउने मसला हुन्थ्यो
आज उ मरेको भए सायद भोको सहिद अमर बन्थ्यो

तर उ मरेन छ्या क्या बोर भयो

मर्छु भनेसी मर्नु पर्थ्यो नि
मृत्यु रोजेसी पाउनु पर्थ्यो नि
उ हिजो भोक्कै सुथ्यो आज पनि भोक्कै छ रे
यदि उ मरेको भए
धेरैको यहाँ रोजि रोटि चल्थ्यो
जीवन जितेन उस्ले नया
फेरि पुरानै कथा बन्थ्यो
उ मरिदिएको भय
आज उस्को नया उचाइ हुन्थ्यो

तर उ मरेन छ्या क्या बोर भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *