नागरिकताको समस्या सुल्झाउनु सट्टा बल्झाएको भन्दै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र

काठमाण्डौँ, असार १८ तेजनेपाल
जनता समाजवादी पार्टी, डोल्पाको तर्फबाट डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको छ ।

कोरोना र आर्थिक समस्याबाट ध्यान मोड्न लागेको विरोधमा असार १६ गते बिभिन्न मागहरु राख्दै जनता समाजवादी पार्टी, डोल्पाको तर्फबाट डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको हो ।

सरकारले नागरिकताको समस्या सुल्झाउनु सट्टा बल्झाएको भन्दै सो ज्ञापन पत्र बुझाएको कुरा जनता समाजवादी पार्टी जनाएको छ ।

उक्त ज्ञापन पत्रमा रहेका बिभिन्न मागहरु यस प्रकार रहेका छन:

मागहरुः
-वैवाहिक नागरिकतामा पुरानै प्रावधान राख !
-छोरा र छोरी वीच विभेद नगर !
-गोर्खा सैनिकको नागरिकतालाई निरन्तरता देऊ !
-यौनिक तथा लैंगिक अल्पसंख्यकलाई स्वघोषणाको आधारमा नागरिकता देऊ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *