चर्चित गायिका मेलिना राईको ‘प्रेमकहानी’को भिडियो सार्वजनिक

काठमाण्डौँ, असार १८ तेजनेपाल
नेपालमा अहिले कोरोना कहरका कारण कतै पूर्ण लकडाउनको अवस्था छ भने कतै आंशिक रुपमा लकडाउन खुल्ला गरिएको छ ।

लकडाउनकै बेलामा सांगितिक क्षेत्रका कलाकारहरु भने आफ्नो कर्ममा ब्यस्त रहेका छन ।

यही क्रममा नेपालकी सुमधुर स्वरकी धनी, अहिलेको समयकी चर्चित गायिका मेलिना राईको नयाँ ‘प्रेमकहानी’ बोलको निकै नै मर्मस्पर्शी गीतको भिडियो सार्बजनिक भएको छ ।

नेपालमा अहिलेको सबैभन्दा ब्यस्त गायिकाहरु मध्य टप लिस्टमा रहेको चर्चित गायिका मेलिना राईको यो भन्दा पनि अगाडि सार्वजनिक भएका थुप्रै गीतहरु हिटलिस्टमा पेरिसकेका छन ।

हालै सार्बजनिक गीतमा कृष्ण धानुकको शब्द/सङ्गीत रहेको छ भने एरेन्ज सुमन केसिको रहेको छ । गीतमा कृष्ण धानुक र समिक्षा पोखरेलको निकै नै राम्रो अभिनय देख्न पाईन्छ ।

निर्देशक गौरब गिरिको निर्देशनमा तयार पारीएको भिडियोमा मायाप्रेमको कथालाई निकै राम्रो ढंगले प्रस्तुत गरिएको छ । बिरेन्द्र भट्टको सिनेम्याटोग्राफी रहेको भिडियोमा श्याम कुँवरको सम्पादन रहेको छ भने बिमला तमाङको मेकअप रहेको छ । सुरेश काफ्लेले ड्रोनको कार्य गरेका छन ।

गिरिको निर्देशनमा चलचित्र ‘पुर्बपश्चिम’को सम्पादनको काम भैरहेको छ भने गीत मिक्सिङ्ग, मास्टरिङ्ग भने गायक बिनय कार्कीले गरेका हुन ।

प्रस्तुत गीत तथा भिडियोलाई ड्रीम्स गेट इन्टरटेन्मेन्टले बजारमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *