निवा खजुम बिमलाको अभिनयमा अर्को म्युजिक भिडियो सार्वजनिक

काठमाण्डौँ, असार २१ तेजनेपाल
पछिल्लो समयमा म्युजिक भिडियो अभिनयमा सक्रिय रहेकी निवा खजुम बिमलाको अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

निकेश राईले निर्देशन गरेको भिडियोमा बिमलालाई कन्ट्रोल राईले साथ दिएका छन् । मणिज राई, दुर्गा बान्तवा राइ र सुजन कोयी राईको सयुंक्त सिनेमाटोग्राफी रहेको भिडियोलाई मनोज राइले सम्पादन गरेका हुन ।

पूर्वेली लोकलयमा आधारित ‘खोली तिरैमा’ बोलको गीतमा रियो चाम्सको रचना र डीआर अटुको संगीतमा तयार भएको गीतमा रियो चाम्स र सुनिता थेगिमले स्वर रहेको छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन ।

भिडियोलाई रियो चाम्सको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

https://youtu.be/mWFWlpLktv0

Leave a Reply

Your email address will not be published. Required fields are marked *