अनित विष्ट हिमालयन एल्मुनाई एशोसिएशनको अध्यक्षमा निर्वाचित

काठमाण्डौँ, असार २२ तेजनेपाल
मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ मा अवस्थित हिमालयन इङलिस सेकेन्डरी बोर्डिङ स्कुलका पुर्व विद्यार्थीहरुको संगठन हिमालयन एल्मुनाई एशोसिएशनको अध्यक्षमा अनित विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

विद्यालयमा भएको साधारणसभामा विष्ट निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । एशोसिएशनको कार्यकारीणी उपाध्यक्षमा संजय गोपाली, उपाध्यक्ष बिक्रम मल्ल, उपाध्यक्ष।, सुजता केसी, महासचिव बिकेश गोपाली, सचिव मन्दिरा बस्नेत, कोषाध्यक्ष आकाश कार्की, सह कोषाध्यक्ष निशा बिष्ट, सदस्यहरुमा सुजाता अधिकारी, रिशव ढकाल, संजिव कार्की, सुक्मिता अधिकारी र रिजन कार्की निर्वाचित भएका छन् ।

त्यसै गरी सल्लाहकार समितिमा बसन्त कार्की, सन्तोष हमाल ठकुरी, राजन बिष्ट, राम थापा, संगम कार्की र निरत राउत, बिजय थापा, सुचना तथा संचार समितीमा बिक्रम मल्ल, सुजाता अधिकारी, बिकेश गोपाली, संजय गोपाली र संजिब कार्की निर्वाचित भएका छन ।

कार्यक्रम संचालन समितीमा विक्रम मल्ल, बिकेश गोपाली, निशा बिष्ट, बाबुलाल कार्की र सन्तोषी बिष्ट चयन भएका छन् ।

संगठनले विद्यालयको पुर्व विद्यार्थी र शिक्षक शिक्षिकामा एकरुपता ल्याउनुका साथै विद्यालय र विद्यार्थीको विकासको लागी विविध कार्यक्रम संचालनमा ल्याउने योजना रहेको अध्यक्ष विष्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *