गायक रामजी खांड तीजमा ‘दुध ल्याउकी दारु ल्याउ आज दरमा’ भन्दै

काठमाण्डौँ, असार २२ तेजनेपाल
तिज नजिकिदै गर्दा अब तीजका गीतहरु भटाभट बजारमा सार्वजनिक हुन थाल्ने क्रम बढ्दो छ । आज भोली गायिका मोडेल मात्र नभैई गायक तथा पुरुष मोडेलहरुलाई पनि तिजको लहरले चुन थालेको छ । तीज महिलाको पर्व भएका कारण महिलाकै स्वरमा बढी गीतहरु निस्कन्थे तर आजभोलि नयाँ युगको जमाना भन्दै पुरुष गायकहरुले भने तीज गीत गाउँ थालीका छन र दर्शक श्रोताहरुले पनि यस् प्रकारका गीतहरुलाई मनपराईदिनु भएको छ । त्यसकारण पनि पुरुष गायक तथा मोडेलको मन हौसिएकोमा कुनै दुई मत छैन ।

हालै चर्चित गायक सार्वजनिक गीत रामजी खांडले पनि यस्तै हस्योउली र् ठट्योउली पारामा सबै राजा सबै दादा’बोलको तीजको गीत निकलेका छन । जसमा रहेको थेगो दुध ल्याउकी दारु ल्याउ आज दरमा शब्दले अझै दर्शक श्रोताको मन आकर्षण गरेको पाईन्छ । अर्को नौलो कुरा त के भने बिरलै पुरुष मोडेल, कलाकारहरु राखी बनाइेको सम्भवत: पहिलो भिडियो पनि मान्न सकिन्छ ।

रामजी खाँडले गाएको गीतमा शब्द, संगीत रोशन सिंहको रेहेको छ भने एरेन्ज कृष्ण भान्जाको रहेको छ ।

भिडियोमा रामजी खाँड लगायतका थुप्रै पुरुष कलाकारहरु रहेका छन जसमा वंहाहरुको निकै आकर्षक न्रित्य र अभिनय हेर्न पाईन्छ । भिडियोलाई अजय रेग्मिलेले छाँयाकन गरेका हुन भने सम्पादन, कलर लगायतका कार्य मनोज कार्कीले गरेका छन ।
भिडियोलाई गायक रामजी खांडकै अफिसियल युटुब च्यानल मार्फत सार्वकनिक गरिएको छ । भिडियोलाई कसैप्रती व्यङग वा घोचपेच गर्नको लागि नभई स्वच्छ रुपना पूर्ण मनोरञ्जनका लागि बनाइएको कुरा पनि बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *