भीष्म फुलाराको “कस्तो भाइरस आयो ?” बोलको भिडियो सार्वजनिक

काठमाण्डौँ, साउन १२ तेजनेपाल
गत हप्तामात्र आमा सम्बन्धि गीत सार्वजनिक गरेर चर्चामा रहेका युवा साहित्यकार भीष्मराज फुलाराद्धारा लिखित “कस्तो भाइरस आयो?” बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

संसारभर हुरहुरी फैलिएको कोभिड–१९ को महामारीलाई समेटेर लेखिएको उक्त कारुणिक गीतमा संगीत तथा स्वर राम कुमार बस्नेतको रहेको छ भने रामचन्द्र चन्दको संगीत संयोजन रहेको छ ।

फुलारा लिटरेचर फाउण्डेशन नेपाल र द ल अफिसेस अफ बाशु डी. फुलारा पि.सि.को संयुक्त सहकार्यमा निर्माण गरिएको उक्त गीतको म्यूजिक भिडियो गीतकार फुलाराको आफ्नै आधिकारीक यूट्युव च्यानल “फुलारा इन्टरटेनमेन्ट नेटवर्क” मार्फत सार्वजनिक गरेको हो ।

भिडियोमा सुरविर पण्डित, दिनेश के.सी., सरिता राजोपाध्याय, ज्ञान खत्री, ठण्ड बहादुर अधिकारी, योग गुरु सुदन भेटवाल, हेमाङ्गराज गिरी र लेखक भीष्मराज फुलारा स्वयंलाई देख्न सकिन्छ ।

लिगेस भट्टराईद्धारा निर्देशन तथा सम्पादन गरिएको उक्त भिडियोको छायांकन बिरेन्द्र भट्टले गरेका हुन् भने श्रृगांर उर्मिला लामाको रहेको छ । त्यसै गरी व्यवस्थापन पक्षको सबै जिम्मेवारी यम प्रसाद ओलीले सम्हालेका हुन भने स्वराङ्कन गणेश सुवेदीले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *