दिक्पाल र सृष्टीको पुरा हुन नसकेको सपना

काठमाण्डौँ, भाद्र ७ तेजनेपाल

चर्चित गायक विश्व नेपालीको सुमधुर आवाजमा सजिएको नयाँ गीत ‘तिमी माछी फेवातालको’ भिडियो सार्वजनिक भएको छ ।

डान्स गर्दा गर्दै ब्याकराउण्ड कोरस डान्सरबाट कसरी फ्रण्टलाइनमा लिडमा पुगिन्छ भन्ने संघर्षको कथामा आधारित यस् भिडियोलाई चर्चित सिनेम्याटोग्राफर अमृत सुनुवार निर्देशन गरेका हुन ।

भिडियोमा मोडेल दिक्पाल कार्की र सृष्टी खड्काको लिड अभिनय रहेको छ ।

आफुहरु शुटिङमा कोरस गर्दा हिरो हिरोइनलाई देखेर आफुले पनि नायक नायिका भएको सपना देख्ने र पछी शुटिङ प्याक अप पश्चात पुन: रियल दुनियाँमा फर्केपछीको कथाबस्तुलाई भिडियोमा देखाउन खोजिएको छ ।

आवेश बज्राचार्यले छायाङ्कन गरेको भिडियोलाई माधव बेलबासेले सम्पादन गरेका छन ।

भिडियोमा सन्दिप भुजेलको नृत्य निर्देशन रहेको छ भने विशाल अर्यालले सह-निर्देशन गरेका हुन ।

गीतको रचना गीतकार डा. अनिल बरालले गरेका हुन भने संगीत आनन्द राईले भरेका छन् ।

गीतको भिडियोलाई हाम्रो कथाको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *