हेर्नुहोस्, आज तोलामा कतिले बढ्यो सुनको भाउ? 

काठमाण्डौँ, भाद्र २४ तेजनेपाल

आज नेपाली बजारमा छापावाल सुनको भाउ तोलामा ६०० रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ९६ हजार ४०० रूपैयाँ छ।

हिजो महासंघले सुनको मूल्य ९५ हजार ८०० रूपैयाँ तोकेको थियो। मंगलबार तोलामा ३०० रूपैयाँले घटेको सुनको भाउ आज ६०० रूपैयाँले उकालो लागेको हो।

यस्तै, आज तेजाबी सुनको भाउ ९५ हजार ९०० रूपैयाँ तोकिएको छ। हिजो ९५ हजार ३०० रूपैयाँ तोकिएको सुनको भाउ आज ६०० ले बढेको हो।
त्यसैगरी, आज चाँदीको प्रतितोला मूल्य एक हजार ३१५ रूपैयाँ तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *