नेपाली खेलाडी अविरलले जापानमा हुने किक बक्सिङमा भिड्ने

काठमाण्डौँ, भाद्र २४ तेजनेपाल

नेपाली युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा हुने अर्को भिडन्तमा सहभागिता जनाउने भएका छन् ।

किक बक्सिङ खेल मार्फत जापानमा नेपाल र नेपालीको साथले लोकप्रिय बन्दै आएका युवा खेलाडी अविरल घिमिरेले टोकियोस्थित टोकियो टावरमा १३ सेप्टेम्बर अर्थात २८ भदौमा जापानका खेलाडीसँग प्रतिस्पर्धा हुँदैछ ।

७० केजी तौल समूहको हिट ४३ टाइटल उपाधिका लागि हुने आयोजकले जनाएको छ । दर्जनौं पटक नकाउट हान्दै पहिलो स्थान हासिल गरेका २८ वर्षीय घिमिरेले भने, ‘फेरि एकपटक जापानी खेलाडीलाई हराएर नेपालको झण्डा फहराउने लक्ष्य छ ।’

जापानी खेलाडी थातुयासँग हुने खेल १३ सेप्टेम्बरमा हुनेछ । कोरोना संक्रमनका कारण थोरै दर्शकमात्र प्रवेश गराउने अविरल घिमिरेका प्रशिक्षक उनका बाबु देव घिमिरेले बताए । १ मान, २ मान र ५ मान जापानी येन टिकट दर रहेको प्रतियोगितामा अन्य तौल समूहका उपाधिका लागि पनि भिडन्त हुनेछ ।

हरेक खेल तीन मिनेटको हुनेछ भने पाँच राउन्डसम्म खेलाडीहरूले प्रतिस्पर्धा गर्ने प्रशिक्षक घिमिरेले बताए ।
नकाउट खेल भएका कारण प्रतिद्वन्द्वीले बिचैमा नकाउट हानेर लडाउन सके स्वतः विजयी हुने छ,’ घिमिरे भने ।

सो प्रतियोगिता हेर्न जापानमा रहेका नेपालीको उल्लेख्य सहभागिता हुने गरेको थियो । तर यो वर्ष भने कोरोना संक्रमणका कारण सीमित दर्शकलाई मात्रै प्रवेश गराइनेछ ।

जापानमा रही बक्सिङको विशेष प्रशिक्षणमा रहेका घिमिरे काठमाडौँका चन्द्रागिरि नगरपालिका निवासी हुन् । अविरल नेपालका किक बक्सिङ कराँतेका चर्चित खेलाडी देव घिमिरेका छोरा हुन् ।

आफ्नै बाबुको निगरानी र प्रशिक्षणमा उनले अभ्यास गर्दै आएका छन् । उनले विभिन्न राष्ट्रका खेलाडीहरूसँग हालसम्म भएका १२ वटा अन्तर्राष्ट्रिय भिडन्तमा  जीत हात पार्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *