क्रान्तिको निर्देशनमा बद्री पंगेनीको ‘बाटो हेरी नरौ आमा’

काठमाण्डौँ, असोज ६ तेजनेपाल

बिदेशिएका युवावर्गको पिडालाई गहकिलो ढंगले प्रस्तुत गरिएको ‘बाटो हेरी नरौ आमा’बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

कोरोना कहरका कारण स्वदेश फर्कन नसकेका कामदारको मर्मस्पर्शी पिडालाई समेटेर बनाइएको अति नै मार्मिक यस गीतका गायक बद्री पंगेनी हुन् ।

भिडियोमा साच्चै नै आमा र सन्तान बीचको गहिरो र आत्मिय सम्बन्ध र आफ्नो गाउँ, घरको सम्झनाले न्यास्रो लाग्ने तथ्यलाई भावुक एवं सांगीतिक रुपमा प्रस्तुत गरिएको  छ ।

‘मेरो नशा नशामा तिमि’ बोलको भिडियोबाट चर्चा बटुलिरहेका युवा निर्देशक क्रान्ति के.सी.ले निर्देशन, सम्पादन गर्नुभएको हो ।

चाडपर्व नजिकिदै गर्दा घरबाट टाढा रहेका र घर फर्कन असमर्थ नेपालीहरुको आँखा रसाउँने छन् ‘बाटो हेरी नरौ है आमा’ बोलको भिडियोमा निराजन के.सी.को सह-निर्देशन रहेको छ

दिपक कँडेलको शब्द, गणेश अधिकारीको संगीत, अजय रेग्मीको छायांकन रहेको भिडियोमा बद्री पंगेनीलाई अभिनयमा सुलोचना भडेल, मनिषा लोकन्द्री आदिले साथ दिएका छन् ।

भिडियो दिपिका म्युजिकको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *