चलचित्र ‘एकादेशको कथा’को मौलिकता झल्किने भिडियो सार्वजनिक

काठमाण्डौं, असोज १८ | तेजनेपाल

केही समयपछी रिलिज हुने तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘एकादेशको कथा’को मारुनी गीतको भिडियो सार्वजनिक भएको छ ।

निर्मल प्याकुरेलको निर्देशन तथा कथा रहेको चलचित्रको यस् गीतमा शिव संगीत र टिका पुनको स्वर रहेको छ । गंगा के सी र निर्देशक प्याकुरेलकै शब्द रहेको गीतमा डा सिंह गुरुङलाई फिचर्ड गरिएको छ भने संगीत कुलमान नेपालीको रहेको छ ।

दशैँ-तिहार जस्तो नेपालीको महान चाडपर्वको बेलामा पनि विदेशिएका युवाहरु घर आउन नसकेको कथावस्तु बोकेको ‘चलचित्र एकादेश’को यस् भिडियोमा देखाउन खोजिएको छ ।

निर्माता भरत चन्द तथा यम आचार्यको संयुक्त निर्माण रहेको श्रीनाथ फ्लिम्सको ब्यानरमा बनेको यस् चलचित्रमा नायक धिरेन शाक्य, गौरव पहाडी, नायिका बिपासा बिसी, अभिनेता नन्द बस्याल, शंकर बिसी, यम आचार्य, सिता भण्डारी, हरी ढकाल लागयातका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

नेपाली सिने जगतका अग्रज छांयाकार राजु के सीको डाईरेक्टर अफ फोटोग्राफी रहेको चलचित्रमा भरत कुलमानको छायांकन रहेको छ । सम्पादन प्रितम पाण्डेको रहेको छ भने कलर रेनिश पाह्गोले गरेका छन ।

चलचित्र ‘एकादेशको कथा’लाई छिट्टै नै समय अनुकुल भएपछी सार्वजनिक गर्ने तयारीमा रहेको कुरा चलचित्र निर्देशक निर्मल प्याकुरेलले तेजनेपाललाई बताउनु भयो ।

अहिलेको विषम परिस्थितिका कारण सम्पूर्ण नेपाली सिने जगतलाई नै प्रतिकुल असर परेको कुरा अग्रज सिने छाँयाकार राजु के सिले बताउनु तेजनेपाललाई भयो ।

भिडियोलाई ओ एस् आर डिजिट्लको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *