राजकुमार महर्जनको गरीबी

काठमाण्डौँ, असोज २० | तेजनेपाल

गायक मित्र केसी र गायिका गरिमा घिमिरेको सुमधुर आवाजले सुसज्जित ‘गरिबी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा मित्र के सिको शब्द तथा संगीत रहेको छ । गीतको एरेन्ज बिशाल निरौलाले गरेका हुन् ।

राजकुमार महर्जनको दमदार अभिनय रहेको भिडियोमा उनी लगायत सुयासी कार्की, प्रशंसा महर्जन, केशव आचार्य, रविन बस्याल, प्रकृति प्रश्नाको अभिनय रहेको छ ।

राजकुमार महर्जन निर्माता रहेको भिडियोमा निमा रायको निर्देशन रहेको छ ।

भिडियोमा स्वरुप थापाको छायांकन र राया प्रोडक्सनको सम्पादन छ ।

भिडियो ह्वाइटपिंगन इन्टरटेन्टमेन्टको युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *