खुमन र जमुनाको ‘मेरो माया’ सार्वजनिक

काठमाण्डौँ, असोज २८ | तेजनेपाल

चर्चित लोकगायक खुमन अधिकारी र जमुना रानाको सुमधुर स्वरमा सजिएको ‘मेरो माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अमन सुनारको निर्देशनमा तयार पारीएको भिडियोमा बबिता श्रेष्ठ, लोमस शर्मा, दिव्यानी ओली र बबिन सिंह ठकुरीको जोडदार नृत्य र अभिनय रहेको छ ।

करन चैसिरको छाँयाकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन रहेको छ ।

खुमन अधिकारीकै संगीतमा तयार पारीएको गीतमा शिव हमालको शब्द रहेको छ ।

भिडियोलाई सुजन म्युजिकको अधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *