गायक दिप घतानीको ‘परदेशीको दशैँ तिहार’ सार्वजनिक

काठमाण्डौँ, असोज २९ | तेजनेपाल

नेपाली सांगितिक क्षेत्रमा नै केही गरौ भन्ने सोच राखेका युवा गायक दिप घतानिको ‘परदेशीको दशैँ तिहार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गायक घतानीकै आफ्नै संगीत तथा गीतकार एसपि कोइरालाको शब्द रचनामा तयार भएको गीतको भिडियोमा उनी आफैले अभिनय पनि गरेका छन । गीतलाई सञ्जीव बाराईलीले एरेन्ज गरेका हुन भने मिक्सिङ मास्टरिङ्ग चन्द्र चौधरिले गरेका हुन ।

परदेशमा रहेर दु:ख गरेको एक युवाले दशै तिहार जस्तो चाडमा आफ्नो देशमा आएर चाडपर्व मनाउन नसकेको र आफ्नो परिवारलाई सम्झेको लगायतका पिडालाई भिडियोको कथावस्तुमा समेटिएको यस् भिडियोला निकेश खडकाले निर्देशन गरेका हुन ।

भिडियोमा दिपलाई समरा जोशी लगायतले अभिनयमा साथ दिएकी छिन भने सम्पादन बिकास धमलाको रहेको छ ।

भिडियो गायक दिप घतानीकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *