फरिता र मानव अभिनित सुनिलको ‘ब्युटिफूल तिमी’

काठमाण्डौँ, असोज ३० | तेजनेपाल

पछिल्लो समय म्युजिक भिडियो निर्माणमा तिब्रता आएको छ । यसै सिलसिलामा ‘ब्युटिफूल तिमि’ शीर्षक गीतको भिडियो गायक स्वयंको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

मोडलिङ्गको दुनियाँमा आफ्नो छुट्टै पहिचान स्थापित गराउँने दौडमा सकृय मोडल फरिता खड्का र मानव थिंग अभिनित भिडियोका निर्देशक अदिप श्रेष्ठ हुन् ।

शब्द, संगीत, स्वर सुनिल श्रेष्ठको रहेको भिडियोका छायाँकार महेश महरा, सम्पादन नविन श्रेष्ठ हुन् ।

बिगतका आफ्ना सिर्जनाहरुलाई जस्तै यो पछिल्लो सिर्जना पनि श्रोता, दर्शकहरुले मनपराईदिनु हुने कुरामा रचनाकार सुनिल श्रेष्ठ विश्वस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *