झ्यालैमा बसेकी माया सृष्टीलाई सुधिरले पट्याउन नसकेपछी

काठमाण्डौँ, असोज ३० | तेजनेपाल

वरिष्ठ संगीतकार तथा गायक बसन्त सापकोटा तथा अहिले चर्चामा रहेकी गायिका रचना रिमालको सुमधुर आवाजले सजिएको ‘माया झ्यालैमा’ को भिडियो सार्वजनिक भएको छ ।

बसन्त सापकोटाकै शब्द संगीतमा तयार भएको गीतमा निशान कश्यप निर्देशन रहेको छ भने चर्चित नायिका तथा मोडेल सृष्टी खडका र सुधिर श्रेष्ठको रमाइलो नृत्य र अभिनय देख्न सकिन्छ ।

भिडियोमा एउटा लक्का जवानले घरमा विभिन्न परिबन्धका बाबजुत जवान केटीलाई कसरी फकाएर आफ्नो बनाउन सकिन्छ भन्ने कथाबस्तुलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।

ज्ञानेन्द्र शर्माको छाँयाकन रहेको भिडियोलाई निशान कश्यपले सम्पादन गरेका हुन ।

भिडियोलाई बसन्त सापकोटाकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *