महानायक राजेश हमालको भिडियो भाईरल

काठमाण्डौँ, असोज ३० | तेजनेपाल

महानायक राजेश हमालको नृत्य रहेको लोकदोहोरी गीत ‘मञ्जरी’को म्यूजिक भिडियो युट्युबमा सार्वजनिक भएको चार दिनमै गीतको भ्यूज आठ लाख नाघेको छ ।

दर्शक स्रोताले अत्यधिक रुचाएको गीतको भिडियोमा महानायक हमालसँगै अभिनेत्री वर्षा सिवाकोटी र गायक, मोडल प्रकाश सपूतको नृत्य तथा अभिनय रहेको छ ।

गायक प्रकाश पराजुली र गायिका देवी घर्तीको स्वरले सज्जिएको गीत सोमबार युट्युब मार्फत सार्वजनिक गरिएको थियो ।

गीतमा सर्जक नवराज पन्तको शब्द र गायक पराजुलीकै सङ्गीत रहेको छ ।

बागलुङ घर भई हाल अमेरिकामा रहनुभएका सर्जक पन्तले रचेको लोकदोहोरी गीत ‘सालको पातको टपरी’ पनि सर्वाधिक चर्चित बनेको थियो ।

“मञ्जरीको भिडियोमा पनि राम्रो प्रतिक्रिया आएको, युट्युबमा राम्रो भ्यूज आएको, कमेन्ट, लाइक हेर्दा सम्पूर्ण टिम उत्साहित भएको कुरा सर्जक पन्तले बताए ।

गायक/मोडल प्रकाश सपूतका भाइ देबेन्द्र बब्लुले भिडियोको निर्देशन, करण चैसिरको छाँयाकन प्रबिन भट्टको सम्पादन र मौसम हिमालेको कोरियोग्राफी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *