७२ घन्टामै शुटिङ सकिएको ‘श्री’को फस्टलुक

काठमाण्डौँ, असोज ३० | तेजनेपाल

कोरोना भाइरसको महामारीका कारण सात महिनादेखि ठप्प फिल्म क्षेत्रमा फेरि जुर्मुराउन थालेको छ । लकडाउनपछि निर्माण भएको फिल्म ‘श्री’को फस्टलुक सार्वजनिक गरिएको छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर एउटै लोकेसनमा फिल्म छायांकन गरिएको जनाएको छ । फिल्म निर्माण युनिटका अनुसार यो फिल्मको छायांकन ७२ घन्टामै सकिएको छ ।

फिल्म ‘श्री’ मा सन्दिप क्षेत्री, वर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, रबिन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीको अभिनय रहेको छ ।

एभरेस्ट सूर्य बोहरा फिल्मस्को ब्यानरमा महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता श्री पराजुली र सविता गुरुङ हुन् । यसमा यम बराल, सूर्य सिम्खडा (साइराम), बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम सहनिर्मातामा रहेका छन् ।

दुई घन्टाको यसको निर्देशन निर्देशक एभरेस्ट सूर्य बोहराले गरेका हुन्। शेरबहादुर तामाङको छायाँकन र सुजन बडालको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *