दशैं-प्रल्हाद खरेल

काठमाण्डौँ, कार्तिक १ | तेजनेपाल

न आइज न भन्छु !
बर्सै पिच्छे लाज ,पचाएर आउँछ दशैं
भेट्दिन भन्छु !
टुप्लुक्क घरमै ,आइ पुग्छ दशैं
अनुहार हेर्दिन भन्छु !
दात तिखार्दै !ङिचिक्क हास्छ दशैं
खल्ती टकटकाएर देखाउदा पनि,
खर्चको भारी, लिएर आउँछ दशैं

कस्तो ज्याद्रो दशैं
लाज पचेको दशैं
घिन हराएको दशैं

छैन भन्छु !
रिण को भारी बोकेर आउँछ दशैं !
हुनेलाइ सधै खुशिको दशैं !
नहुनेलाइ अर्को पीडा हो दशैं !
अलिक पर सर्न भन्छु ,
झन पो नजिक सर्छ दशैं !
तडक भडक गर्दै आउँछ दशैं !
ताण्डब गर्दै जान्छ दशैं !
कस्तो ज्याद्रो दशैं
महामारिले पनि
हल्लाउन नसकेको दशैं

भयो यस्पाली को दशैं
कोरोनाले मानोस !
उहीँ पाहुना बनोस,उहीँ टीका थापोस
कोसेली पात बटुली हाल्यो
बरु चाँडै बिदा मागोस ।

-प्रल्हाद खरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *