सञ्चारकर्मी रघुनाथको ‘तिमी नै मेरो संसार’ सार्वजनिक

काठमाण्डौँ, कार्तिक १ | तेजनेपाल

सकृय सञ्चारकर्मी रघुनाथ सापकोटाको शब्द रचना रहेको ‘तिमि नै मेरो संसार’ गीतको भिडियो सार्वजनिक भएको छ ।

२०५९ सालमा एकल शब्द रचनामा दुई वटा एल्बम निकाली सकेका सापकोटाले झन्डै १७ वर्ष पछि यो गीत रेकर्ड गराएका हुन् ।

रिमेश कुमारको संगीत रहेको गीतमा एलिना चौहान र राज कुमार गिरीको स्वर रहेको छ ।

एउटा प्रेमी कसैको मायाँमा परेपछिको भावलाई गीतले दर्शाउन खोजेको छ ।

पछिल्लो समय म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारको पारिश्रमिक र भिडियो बनाउने बजेट गीत संगीतले उठाउन नसक्ने देखेर यो गीतलाई स्टुडियोमा मात्र खिचेर सार्वजनिक गरिएको सापकोटाले बताए ।

टाइम्स म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गीतलाई दर्शक श्रोताले सकारात्मक प्रतिक्रिया दिईरहेको रघुनाथले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *