नेपाली सिने जगतका पहिलो छायाँकारको निधन

काठमाण्डौँ, कार्तिक १ | तेजनेपाल

नेपाली सिने जगतका प​हिलो छायाँकार (सिनेम्याटोग्राफ​र)​ वैकुण्ठमान​ मास्के ज्युको निधन भएको छ । निदान अस्पतालमा उपचाररत् उनको शुक्रवार निधन भएको हो । किड्नीका बिरामी ८३ वर्षीय उनमा कोभिड-१९ समेत पुष्टि भएको थियो ।

मास्केले २०२१ साल​मा पुनास्थित​ भार​तीय​ फिल्म​ प्राविधिक शिक्षाल​य​बाट​ सिनेम्याटोग्राफीमा डिप्लोमा गरेका थिए । औपचारिक पढाइ सकेता पनि उनी नेपाली फिल्म क्षेत्रमा सक्रिय रहे । उन​ले प​रिव​र्त​न​, म​न​को बाँध​, हिजो आज​ भोली ल​गाय​त​ दुई द​र्ज​न​ ब​ढी फिल्म​को छाँयाकन गरिसकेका छ​न् ।

मास्के गत वर्ष पहिलो नेपाली चलचित्रलाई सम्पादन गर्ने प्राविधिकको रुपमा राष्ट्रपतिबाट सम्मानित भएका थिए । नेपाल चलचित्र निर्माता संघले वीरगञ्जको आदर्शनगर रंगशालामा आयोजना गरेको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६’ को अवसरमा उनलाई सम्मानित गरिएको हो।

मास्केको नेपाली सेनाको स​लामी स​हित​ शुक्र​वार​ नै प​शुप​तिको विद्युतीय​ शवब​दाह​मा अन्त्य​ष्टी ग​रिएको थियो ।

उनकी श्रीमती र एक छोरी छिन् । श्रीमती विमला मास्के अवकाश प्राप्त सह-सचिव हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *