सुलभ लोहनीको मर्मस्पर्शी गीत ‘अर्काको देशमा’ सार्वजनिक

काठमाण्डौँ, कार्तिक २ | तेजनेपाल

सात समुन्द्रपारी अर्काको देशमा बसेर नेपाली गीत संगीतलाई माया गर्ने गायक सुलभ लोहनीले आफ्नो मर्मस्पर्शी गीत ‘अर्काको देशमा’को भिडियो सार्वजनिक गरेका छन ।

गीतमा गायक लोहनीकै शब्द संगीत रहेको छ भने चान्द सिंहले एरेन्ज गरेका छन ।

गीतको भिडियोमा अर्काको देशमा बस्दा के कति पिडा सहनुपर्छ, परिवार, आफन्त, ईष्टमित्रको सम्झना र कमीले आफुलाई कतिको एक्लो बनाउँछ भन्ने कुराहरुलाई कथा बस्तु बनाईएको छ ।

भिडियोमा अभिनेता तथा कलाकार धुर्व दत्त, बिदेशी कलाकार शेलिन हेन्डेरसोनको अभिनय रहेको छ ।

इश्वर थापा र मिन बानियाको विशेष सहयोगमा निर्माण भएको भिडियोमा अम्बर गुरुङको निर्देशन, छाँयाकन तथा सम्पादन रहेको छ ।

भिडियो गायक सुलभ लोहनीकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *