लण्डनमा नेपालीले शुरु गरे केटीएम स्टोर्सको अनलाईन सेवा

लण्डन, कार्तिक १२ | तेजनेपाल

लन्डनको ग्रीनफोर्डमा व्यवसाय गर्दै आएको काठमाण्डौ कर्नरले आफ्नो सेवा विस्तार गर्दै केटीएम स्टोर्स डटकममार्फत अनलाइन सेवा शुरु गरेको छ । कोरोना कहरका कारण पछील्लो समय व्यवसायमा परेको प्रत्यक्ष असरका कारण आज भोली डिजिटल सेवा प्रभावकारी, सजिलो र सुरक्षित हुने व्यवसायीहरुको भनाइ छ् ।

नेपालीहरुको विभिन्न चाडपर्व नजिकिंदै गर्दा आफ्नो व्यवसाय थप क्रियाशिल बनाउन र ग्राहकको सुविधाका लागि अनलाइन सेवा सञ्चालन गरिएको सञ्चालकले बताए । आफूलाई आवश्यक पर्ने सामग्री सुपथ मूल्यमा घरमै बसेर www.ktmstores.com बाट सजिलै किन्न सकिने उनीहरु बताउंछन् ।

हाल विभिन्न नेपाली उत्पादनहरु, ताजा मासु लगायत अन्तराष्ट्रिय स्तरका विभिन्न सामाग्री अनलाइनमार्फत किन्न तथा पसलमै गएर पनि संकलन गर्न सकिनेछ ।

साथै ट्राभल तथा टिकेटिंग लगायत विभिन्न ठाउँमा होलिडे प्याकेजका लागि केटीएम ट्राभल्स एण्ड टुर्समार्फत थप सुविधा प्रदान गर्दै आएको छ । काठमाण्डौँ कर्नरमा डिएचएल, यूपीएस जस्ता कम्पनीमार्फत विश्वभर कार्गो तथा कुरियरका साथै मनी ट्रान्सफरको समेत सेवा उपलब्ध छ ।

काठमाण्डौँ कर्नर विगत ७ वर्षदेखि लन्डनमा सञ्चालित छ । कम्पनीले व्यापार व्यवसायका साथ सामाजिक उत्तरदायित्वलाई पनि निर्वाह गरेको सञ्चालकको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *