वुमन्स रेस्लिङ च्याम्पियनशिप सम्पन्न
काठमाण्डौं, मंसिर २८ । तेजनेपाल
नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा काठमाण्डौको शान्तिनगर, प्राङगणमा नयाँ महिला रेस्लर बिच ‘वुमन्स रेस्लिङ च्याम्पियनशिप सम्पन्न’ भएको छ ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा विधार्थी नेता नेकपाका केन्द्रिय सदस्य, अखिलका पुर्व अध्यक्ष, मेडिकल काउन्सिलका सदस्य तथा नेपाल महिला रेस्लिङ फाउन्डेशनका सल्लाहकार रहनु भएका किशोर बिक्रम मल्ल ज्यु हुनुहुन्थ्यो भने कार्यक्रममा वंहाकै बिशेष सहयोग पनि रहेको थियो । त्यस्तै विशेष अतिथिमा नेपालकै पहिलो अन्तराष्ट्रिय महिला रेफ्री बिमला संग्रौला, अतिथिमा पद्मकन्या क्यामपसका प्राध्यापिका रिता उपाध्याय, के के पाण्डे, मंगल थापा, बन्दना नेपाल, लोकराम अवस्थी, बिनिता बुढाथोकी, दीपेन्द्र राज जोशी लगायत संञ्चारकर्मी तथा दर्शकहरुको उपस्थिति रहेको थियो ।
कोरोना महामारिको कारण सिमित व्यक्तीहरुको माझ स्वास्थ्य मापदण्ड पुरा गरी मास्क स्यान्टाइजको प्रयोग गरि बिशेष सावधानीका साथ सिमित समयअवधी भित्र कार्यक्रम सम्पन्न गरिएको थियो ।
फाउन्डेशनकी कोषाध्यक्ष, महिला रेस्लर अस्मिता जुरेली तथा हास्य कलाकार हाहायोयो महादेव त्रिपाठीले सञ्चालन गरेको कार्यक्रममा महिला रेस्लर मनिषा राणाभाट, सपना तामाङ विच भिडन्त भएको थियो जसमा मनिषा राणाभाटले उत्कृष्ट प्रदर्शन गर्दै खेल जितेकी थिईन भने अर्को खेलमा गीता जिरेल र जमुना तमाङमा भएको भिडन्तमा गीता बिजयी भएकी थिईन ।
खेलमा नेपालकै पहिलो महिला रेस्लर, नेपाल महिला रेस्लिङ फाउन्डेसनकी संस्थापक अध्यक्ष, कलाकार तथा बहुमुखी प्रतिभाकी धनी भगवती खडका युनिका रेफ्रीको रुपमा हुनुहुन्थ्यो । अहिलेको समय परिस्थितीका कारण सिमित श्रोत साधनका विच कार्यक्रम गरेको र नयाँ महिला रेस्लरहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले आफुले यो कार्यक्रम गरेको कुरा तेजनेपाललाई बताउनु भयो ।
नेपालकै पहिलो महिला रेस्लर भागवतिले लगभग ५० जना नयाँ महिला रेस्लरलाई फ्री मा ट्रेनिङ, खाजा, भत्ता र पारीश्रमिक दिएर आफुले भविष्यमा उत्कृष्ट अन्तराष्ट्रिय स्तरका महिला रेस्लिङ खेलाडी उत्पादन गर्न खोजेको कुरा पनि बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथी किशोर बिक्रम मल्ल ज्युबाट बिजयी तथा सहभागीलाई ट्रफी, प्रमाण पत्र, सम्पूर्ण अतिथिहरुलाई मायाको चिनो तथा सम्मान पत्र बितरण गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।