पूर्वेली सुपरमोडल सुम्निमा खापुङको पहिलो म्युजिक भिडियो

काठमाण्डौं, पौष ६ | तेजनेपाल

सन् २०१५ मा मिस पूर्वेली सुपरमोडल विजेता बनेकी सुम्निमा खापुङ पहिलोपटक म्युजिक भिडियोमा देखिएकी छन् ।

मेलिना राईको स्वरमा रहेको गीत ‘माया देउ’ म्युजिक भिडियोमा सुम्निमा देखिएकी हुन् ।

तेह्रथुमको साविक मोराहाङमा खगेन्द्र खापुङ र शर्मिला देवान खापुङकी छोरी सुम्निमा कलाकारिता क्षेत्रमा जम्ने चाहना राखेकी छन् ।

नर्स पेशामा आवद्ध सुम्मिना लियो क्लव विराटनगरकी अध्यक्ष पनि हुन् ।

भिडियोमा सुम्निमालाई शुभम् चाम्लिङ राईले साथ दिएका छन् भने देवीनारायण लिम्बू, छोटी तामाङ, स्वेता श्रेष्ठ, फूर्वा तामाङ, निशान्त घतानी, कृषसेती माला आदिलाई पनि देख्न सकिन्छ ।

प्रकाश थापा मगरको रचना र संगीत रहेको गीतलाई मनोज साङ्सोन राईले एरेन्ज गरेका हुन् । राजु कार्कीको मिक्सिङ र मास्टरिङ गरेको भिडियोको ग्राफिक र पोष्टर जस्केलो क्रिएसनले तयार गरेको हो ।

धन खालिङको छायांकन र सम्पादन गरेको भिडियोलाई कृष्ण भुसालले निर्देशन गरेका हुन् ।

भिडियो स्टुडियो किङको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *