कृष्ण र श्रेयाको मर्मस्पर्शी अभिनयमा अम्बिका गुरुङको ‘दिप भै बलिरहू’

काठमाण्डौं, पौष २८ । तेजनेपाल

एक पछी अर्को हिट गीत दिंदै आएकी वरिष्ठ रचनाकार अम्बिका गुरुङको शब्दमा दार्शनिक गीत ‘दिप भै बलिरहू’ सार्वजनिक भएको छ ।

गीतमा कृष्ण काफ्लेको स्वर तथा पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ भने गीतलाई बाबु प्रधानले एरेन्ज गरेका हुन् ।

एक जोडीको मर्मस्पर्शी प्रेमलाई मिठासपूर्ण ढंगले उतारिएको प्रेम कथामा आधारित गीतको म्युजिक भिडियोलाई निसान कश्यप घिमिरेले निर्दशन गरेका हुन् ।

भिडियोमा गायक कृष्ण काफ्ले र मोडेल श्रेया सिटौलाको दमदार अभिनय देख्न सकिन्छ ।

भावसागर इन्टर्टेन्ट्मेन्टले बजारमा ल्याएको म्युजिक भिडियोमा उत्सब दाहालको छायांकन, अनिता ग्वाच्चाको मेकअप र निर्दशक घिमिरेकै सम्पादन रहेको छ ।

भिडियोलाई भावसागरकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *