गोपाल ढकाल ‘छन्दे’को निर्देशनमा ‘जुन दिन मलाई’ सार्वजनिक
काठमाण्डौ, माघ २३ | तेजनेपाल
लोकप्रिय हाँस्यकलाकार गोपाल ढकाल ‘छन्दे’को निर्देशन तथा सञ्चारकर्मी राज लुईटेलद्धारा वियोगान्त कथामा निर्मित ‘जुन दिन मलाई’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक कृष्णराज भण्डारीको स्वर, शब्द तथा संगीतमा तयार पारिएको उक्त गीतको मुख्य भुमिकामा चकलेटी नायक तथा मोडल संजित भण्डारी, श्रीदेब भट्टराई तथा नव मोडल चन्दा कुईकेलको अभिनय देख्न सकिन्छ भने अन्य कलाकारहरुमा प्रेम पाण्डे, रोहित कार्की, शुशिला बिडारी लगायत रहेका छन् ।
गीतमा सबिन लिम्बुको संगीत संयोजन, राजा बाबु, अजय कार्की रेकर्डिस्ट, चन्द्र चौधरीको मिक्सिङ्ग रहेकोे छ भने अकेस्टिक रेकर्डिङ्ग स्टुडियोमा गीतको रेकर्ड गरिएको हो ।
माया बोलिमा होईन व्यवहारमा देखाउनु पर्छ भन्ने मूल मर्मका साथ बनेको यो गीतलाई ‘वास्तविकता’ एल्बममा समाबेश गरिएको छ ।
भिडियोमा हर्कमान वाईवा(रिदम)को छायांकन, तारा थापा किम्भेको सम्पादन, युमिशा पाण्डेको श्रृङ्गार तथा मनोज ढकालको प्रकाश व्यबस्थापन रहेको छ ।
एभरग्रीन वल्र्र्ड वाईड ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको भिडियो ‘छन्दे च्यानल’ नामको युट्यूबबाट सार्वजनिक गरिएको छ ।
पछिल्लो पटक निर्देशनमा समेत हात हालेका कलाकार गोपाल ढकाल ‘छन्दे’ले यस गीतको भिडियोलाई दर्शकहरुले मनपराउने कुरामा निर्माण पक्ष आफु ढुक्क भएको बताएका छन ।