‘पाखे ह्यान्डसम भर्सेज नेपाल ब्युटी’ सार्वजनिक

काठमाण्डौ, माघ २८ | तेजनेपाल

गायक तथा निर्देशक शशान कंडेल तथा चर्चित नेपाली टीकटकर बिनु अधिकारीको स्वर रहेको ‘पाखे ह्यान्डसम भर्सेज नेपाल ब्युटी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा सुजु भण्डारीको शब्द रचना महेश ज्ञवालीको संगीत रहेको छ भने संगीत संयोजन बिनय कार्कीले गरेका छन् ।

गीतको मिक्सिंग, मास्टरिंग कृष्ण महर्जनले गरेका हुन । बाध्यबादन तर्फ बाँसुरीमा संजीव मैनाली र गितारमा संजीव सुब्बा रहेका छन् ।

गायक कडेंलकै निर्देशन रहेको भिडियोमा आकृति पौडेल र चर्चित टीकटकर सन्तोष बस्नेतको अभिनय देख्न सकिन्छ भने अतिथि कलाकारहरुका रुपमा दिपक गौतम र प्रदीप ओझाको प्रस्तुति देख्न सकिन्छ ।

केहि समय अगाडी मात्रै कंडेलकै स्वर, संगीत अनि भिडियो निर्देशन रहेको ‘संगैको साथी’ सार्वजनिक भएको थियो । सो गीतमा पनि बस्नेतकै अभिनय देख्न सकिन्छ ।

भिडियोलाई गायक कँडेलकै अफिसियाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *