‘फुल भन्दा’मा नायिका प्रियांका कार्की र बिकेशको रोमान्स

काठमाण्डौ, माघ ३० | तेजनेपाल

नायिका प्रियांका कार्की र नव मोडेल बिकेश शाही अभिनित गायिका एलिना चौहान र ओमा सुनुवारको सुमधुर आवाजमा रहेको फुल भन्दा’को भिडियो सार्वजनिक भएको छ ।

चर्चित कोरियोग्राफर कविराज गहतराजको निर्देशन रहेको भिडियोमा नायिका प्रियांका कार्कीलाई हट लुक्समा नव मोडेल बिकेश शाहीसंग रोमान्स गर्दै गरेको देख्न सकिन्छ ।

भिडियोमा राकेश शाहीको कोरीयोग्राफी रहेको छ ।

भिडियोमा कृष्ण पाण्डेको सिनेम्याटोग्राफी, सुशान्त बसेलको सम्पादन, श्याम कुमारको कलर र सुरज लामाको ड्रोन वर्क रहेको छ ।

प्रेमिल शैलीमा निर्माण गरिएको गीतमा गायक ओम सुनुवारकै शब्द, संगीत तथा एरेन्ज रहेको छ भने गीतको रेकारीडिङ तथा मिक्सिङ राजेश कुमार श्रेष्ठले मुयुजिक पार्क स्टुडियोमा गरेका हुन ।

भिडियोलाई ओ एस् आर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *