चर्चित नेपाली फिल्म ‘क्यारेङ ग्याङ’को सिक्वेल आउँदै
काठमाण्डौँ, फाल्गुन ३ । तेजनेपाल
चर्चित नेपाली फिल्म क्यारेङ ग्याङ १, र २ को सफलता पछि एसएन डिजिटलको प्रस्तुतिमा चलचित्र ‘क्यारेङ ग्याङ ३’ निर्माण भएको छ ।
राजु लामाको लेखन, निर्देशन रहने चलचित्रमा करिना कक्षपति, नारायन घिमिरे, श्याम राई, मान बहादुर थापा, मोहन अभिलाशी, रत्नमान लामा, सुवाष सिल्वाल, सरस्वती घिमिरे आदि कलाकार रहने छ ।
छायांकनको क्रममा रहेको ‘क्यारेङ ग्याङ ३’ मा संगीत मनोज चौलागाई, शब्द हस्त गौतम, बिबि थापा, प्रमोद ढुंगाना, गायक तथा गायिकामा लिजा लामा, कौशलराज खड्का, रुपक डोटेल, प्रताप दास, सानु खतिवडा रहेका छन् ।
समसामयिक बिषयवस्तुमा आधारित यस चलचित्रका निर्मातामा लिजा लामा र ललिता लामा रहेका छन् भने केही दिनमै गीत सार्वजनिक गरिने निर्देशक लामाले बताए ।