सोनाम र सुरबिना अभिनित मर्मस्पर्शी ‘तिमी मेरी’ सार्वजनिक

काठमाण्डौँ, फाल्गुन ४ | तेजनेपाल

अभिनेता तथा भिडियो निर्देशक र अभिनेत्री सुरबिना कार्की अभिनित निकै नै मर्मस्पर्शी भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा अभिनेता तथा निर्देशक सोनाम पाख्रिनकै निर्देशन रहेको छ ।

दुई प्रेमिल जोडीको सुरुवाती जिवनको दु:खसुखको उतारचढावको कथामा बनेको गीतमा कर्मा ग्यालेचेन बोम्जन र बनिका प्रधानको स्वर रहेको छ भने संगीत रिन्जेन गुरुङको तथा शब्द गोबिन्द हुमागाईको रहेको छ ।

गीतमा नोर्बु शेर्पाको संगीत संयोजन किशोर थापाको मिक्सिङ मास्टरिङ्ग रहेको छ ।

भिडियोमा ज्ञान चौलागाईको छाँयाकन तथा सम्पादन रहेको छ ।

भिडियोलाई जिएस३को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *