हेटौंडाको श्री गोरक्षनाथ मा.बि.को नवनिर्मित भवन उद्घाटन

हेटौंडा, फाल्गुन ७ | तेजनेपाल

हेटौंडा १८ हर्नामाडिमा रहेको श्री गोरक्षनाथ मा.बि.को १० कोठे नवनिर्मित भवनको उद्घाटन सम्पन्न भएको छ ।

भुकम्प पछि जाईकाको आर्थिक सहयोगमा बनेको उक्त भवन बिद्यालयको ३१ औं वार्षिकोत्सबको अवसर पारेर उद्घाटन गरिएको हो ।

उक्त भवनको उद्घाटन पुर्व गृह राज्यमन्त्री, नेपाली काङ्ग्रेस मकवानपुरका सभापति माननीय इन्द्रबहादुर बानियाँले गर्नु भएको हो ।

भवन निर्माण कार्य उहाँकै विशेष पहलमा र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँको सक्रियतामा सम्पन्न भएको हो ।

भवन निर्माणमा सहयोग गर्नुहुनेहरुलाई बिद्यालय ब्यवस्थापन समितिले सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *