अभिनेत्री स्वस्तिमा दक्षिण भारतीय सिनेमा ‘थिरिमाली’मा अनुबन्धित

काठमाण्डौँ, फाल्गुन ७ | तेजनेपाल

नेपाली अभिनेत्री स्वस्तिमा खड्का दक्षिण भारतीय सिनेमा ‘थिरिमाली’मा अनुबन्धित भएको चर्चा छ ।

सिनेमाको बारेमा बुझ्न खोज्दा अभिनेत्री खड्काले सिनेमाको निर्माण टिमलाई एकपटक भेटेपनि अहिलेसम्म सिनेमाको कथा पनि नसुनेको र साइन पनि नगरेको बताएकी छिन ।

नेपालको तर्फबाट ‘थिरिमाली’मा सहकार्य गर्न लागेका अनन्या फिल्मसका सञ्चालक सरोज न्यापानेले सिनेमामा स्वस्तिमा अनुबन्धित भैसकेको दाबी गर्छन् ।

सिनेमालाई दक्षिण भारतीय कम्पनी एञ्जल मारिया सिनेमाजले निर्माण गर्दैछ ।

राजीव सेट्टीले निर्देशन गर्ने सिनेमाको ७० प्रतिशत छायांकन नेपाल र बाँकी ३० प्रतिशत छायांकन भारतमा गरिनेछ । सिनेमामा बिपिन गर्ज, अन्ना राजन, धर्माजन बोलगाटीको मुख्य भूमिका छ ।

नेपाली टेक्नीसियनको बाहुल्यता रहने दक्षिण भारतीय सिनेमा ‘थिरिमाली’मा निर्देशक तथा अभिनेता माओत्से गुरुङको पनि अभिनय रहनेछ ।

‘चपली हाइट ३’ प्रदर्शनको पखाईमा रहेकी अभिनेत्री खड्का हाल दिपेन्द्र कुमार खनालको निर्देशनमा निर्माण हुने सिनेमा ‘चिसो मान्छे’को वर्कसपमा व्यस्त छिन् ।

सिनेमाको छायांकन पश्चात स्वस्तिमा ‘पल्पसा क्याफे’बाट पहिलो पटक रंगमञ्चमा डेव्यु गर्दैछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *