राम्जी खांड र मुना थापा मगरको ‘मुख देख्नै पाउदिनौ’

काठमाण्डौं, फागुण ८ | तेजनेपाल

एकपछि अर्को उत्कृष्ट भिडियो निर्माण, गर्दै आईरहेको प्रियसी म्युजिक प्रा लि ले फेरि पनि अर्को मुख देख्नै पाउदिनौ’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

गायक राम्जी खाँड र मुना थापा मगरको स्वरले सजिएको गीतमा सरुणा यु टि ए को लय तथा शब्द रहेको छ ।

मर्मस्पर्शी भाकामा रहेको गीतको भिडियोमा ओम श्रेष्ठको निर्देशन रहेको छ भने छायांकन दिपक गीरि तथा सम्पादन राजेन्द्र पुरी कलर अर्जुन थापाको रहेको छ ।

भिडियोमा मानव कालुङ मगर र आयुष्मा कार्कीको जीवन्त अभिनय देख्न सकिन्छ ।

प्रियसी म्युजिक प्रा.लि.को प्रस्तुति रहेको भिडियोलाई आफ्ना अघिल्ला भिडियोहरुलाई जस्तै यो पछिल्लो सिर्जनालाई पनि दर्शक, श्रोताहरुले मनपराई दिनुहुने कुरामा टिम बिश्वस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *