बिक्रमको संगीत, नारायणको स्वरमा रत्न गुरुङ्गको ‘तिम्रो शहर’ सार्वजनिक
काठमाण्डौं, फागुण ९ | तेजनेपाल
वरिष्ठ गीत रचनाकार रत्न गुरुङ्गको मर्मस्पर्शी शब्द रचनामा, चर्चित संगीतकार विक्रम थापाको संगीतमा, भजन गायनमा आफ्नो पृथक पहिचान बनाउन सफल उस्ताद गायक नारायण बाबुको आवाजमा रहेको ‘तिम्रो शहर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
अभिनेत्री रजनी के सि को अभिनय रहेको भिडियोको निर्द्शन जीवन शाहीले गरेका छन । अभिनयमा रजनीलाई द्रिश्य सुबेदीले साथ दिएका छ्न ।
गीतको सम्पूर्ण कार्य हार्मोनिक स्टुडियोमा गरिएको छ भने गीतको संगीत संयोजन, मिक्सिङ मास्टरिङ्ग बिशन मानन्धरले गरेका हुन ।
लाइमलाइट प्रोडक्सनमा बनेको भिडियोमा उत्सव दाहालको छाँयाकन, टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
भिडियोलाई हेरिदिन र सधैं झै आफ्नो कामलाई माया गरिदिनु हुन संगीतकार बिक्रम थापाले दर्शकश्रोता, मिडिया र शुभचिन्तकलाई आग्रह गरेका छन भने सहयोगी सम्पूर्ण हातहरुलाई धन्यवाद पनि दिएका छन ।
भिडियोलाई ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।