अभिनेता क्याप्टेन बिजय लामा बने मान्छे
काठमाण्डौं, फागुण ९ | तेजनेपाल
नेपाली चलचित्र क्षेत्रमा लामो समय बिताएर उत्कृष्ट चलचित्रहरुमा अभिनय गरिसकेका वरिष्ठ अभिनेता तथा क्याप्टेन बिजय लामा अभिनित ‘मान्छे’ बोल रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
मान्छेको आचरण भित्री बाहिरी रुपलाई देखाउन खोजिएको भिडियोलाई जीवन शाहीले निर्देशन गरेका छन ।
भिडियोमा अभिनेता लामा लगायत धुर्ब कोइराला, काजोल नेपाल, बदरी पुडासैनि, जीवन शाही, समिया कार्की, मजोन ओली, रत्न डंगोल, अमुल्य राणा, आशिष प्याकुरेल, निशा तमाङ, बिनोद डंगोल लगायतको पनि अभिनय रहेको छ ।
निकै नै मर्मस्पर्शी गीतमा रमेश कंडेलको स्वर, गीतकार काली प्रसाद रिजालको शब्द तथा किरण कंडेलको संगीत तथा संगीत संयोजन रहेको छ ।
भिडियोमा राम कुमार के सिको छांयाकन तथा डिन्सोन शाहको सम्पादन तथा कलरिङ्ग रहेको छ ।
भिडियो ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।