धितालको अभिनय मोह

काठमाण्डौं, फागुण ११ | तेजनेपाल

हालै सार्वजनिक भएको म्युजिक भिडियो ‘माया चोखो छ’बाट अभिनयको क्षेत्रमा स्माइल धितालको प्रवेश भएको छ ।

विशेषतः नेपाली लोकदोहरी गीत, संगीतका सफल, सक्षम निर्देशक बबिता श्रेष्ठको निर्देशन रहेको भिडियो यतिबेला चर्चामा छ ।

नेपाली गीत, सगीतलाई माया गर्नुपर्छ भन्ने उद्देश्यका साथ ‘माया चोखो छ’ बोलको गीतबाट अभिनय यात्रा सुरु गरेको बताउछन ।

धिताल अभिनित गीतमा चर्चित लोकदोहोरी गायक बिमल डागीको लय र महेन्द्र विश्वकर्माको शब्दमा चर्चित लोक दोहोरी गायक पुष्कल शर्मा र बिष्णु माया पौडेलको स्वर रहेको छ ।

आरब प्रोडक्सनले दृश्य निर्माण गरेको उक्त भिडियोमा स्माईल धिताल र बिष्णुमाया पौडेलको अभिनय रहेको छ ।

उनी अभिनित म्युजिक भिडियो ‘प्रियसी’ म्युजिक प्रा.लि.को युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ भने आगामी बैशाख १ गते नयाँ वर्ष २०७८ को शुभकामना सहित ‘मायाँ चोखो छ २’ सार्वजनिक गर्ने धितालले बताए ।

सल्यानको डाडागाउँ गा.पा. ७ का स्थानीय वासिन्दा स्माइल धितालको वास्तबिक नाम भने भिम धिताल हो ।

२०५० सालको एस.एल.सि पश्चात उच्च शिक्षाको लागि काठमाण्डौं प्रवेश गरेका धितालले त्रिचन्द्र कलेजमा आईएससि, विएससि र मास्टर लेवलको अध्याय किर्तिपुरबाट पुरा गरेपश्चात कोटेश्वर स्थित चिल्ड्रेन सेकेन्डरी स्कुलमा तीन वर्ष शिक्षा पेशामा संलग्न रहे ।

धिताल सानै उमेरदेखि नै नेपाली गीत, संगीतप्रति रुचि रहेको भएपनि समयले साथ नदिएको र अहिले आएर आफ्नो त्यो चाहना पुरा भएकोमा खुशी छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *