गायक कन्काईष्ट राईको ‘फाँटै भरी’ सार्वजनिक

काठमाण्डौं, फागुण ११ | तेजनेपाल

गायक कन्काईष्ट राईको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘फाँटै भरी’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

प्रस्तुत गीतमा साहित्यकार वीरेन्द्र राईको शब्द, संगीतकार डक्टर किरांतको संगीत, लहंग सुब्बाको संगीत संयोजन रहेको छ ।

प्रकृतिसंग भएका नियमहरुलाई उजागर गर्न खोजिएको गीतलाई रोबर्ट लिम्बुले रेकर्डिङ गरेका हुन भने मिक्सिङ मास्टरिङ्ग मिन विष्टले गरेका हुन ।

प्राकृतिक मनोरम दृश्यहरुलाई समेटिएको भिडियोमा एकल रुपमा गायक स्वयम कै अभिनय देख्न सकिन्छ भने छांयाकन तथा कलरिङ्ग अनिल कटवाल तथा सम्पादन अरुण कट्वालको रहेको छ ।

गीतलाई सधैं झैँ माया गरिदिनु हुन साथै सल्लाह, सुझावहरु दिनुहुन सम्पूर्ण संगीतप्रेमी दर्शकश्रोता, सञ्चारमाध्यम तथा शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्छन् गायक कन्काईष्ट राई ।

भिडियोलाई गायक कन्काईष्ट राईको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *