युवा व्यवसायी राम गैरे तथा ध्रुब न्यौपानेले नवलपुरमा सुबिधा सम्पन्न होटल सञ्चालनमा ल्याउंदै

काठमाण्डौँ, चैत्र ४ | तेजनेपाल

करिव चौध वर्षदेखि जापानमा होटेल व्यवसाय सञ्चालन गर्दै आईरहेका युवा व्यवसायी राम गैरे तथा अर्का युवा व्यवसायी, नायक तथा निर्माता ध्रुब न्यौपानेको संयुक्त प्रयासमा नवलपुरको गैँडाकोटमा सुबिधा सम्पन्न होटल मुन स्टार सञ्चालनमा ल्याउने अन्तिम तयारी भईरहेको छ ।

सुन्दर नगरी नवलपुर, गैडाकोट नगरपालिका वडा नं. २ शिलान्यास चोकमा केही युवा व्यवसायीहरुको संयुक्त प्रयासमा होटल मुन स्टार सञ्चालनमा ल्याउने अन्तिम तयारी भईरहेको हो ।

सञ्चालकद्वय राम गैरे र धुर्व भन्छन ‘हामी कहाँ स्वस्थ र हाइजेनिक खाना, खुल्ला किचन, अनुभवी सेफ र राम्रो हस्पिटालिटी, सुविधायुक्त रुमहरु भएकाले पारिवारिक वातावरणमा रमाउँन चाहनेहरुका लागि उपयुक्त गन्तब्य हुनसक्छ ।’

विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले लामो समय बन्दाबन्दी गरेसँगै बिभिन्न क्षेत्रमा परेको असर विस्तारै सहज हुने क्रमसंगै बिभिन्न ब्यवसाय सुरु हन थालेको छ । यसै क्रममा नवलपुरको गैँडाकोटमा सुबिधा सम्पन्न होटल मुन स्टार सञ्चालनको तयारी भईरको छ ।

होटलमा सुविधा सम्पन्न एसी रुम, डिलक्स रुम र स्वीट रुमहरु विभिन्न स्तरका डेढ दर्जन कोठा र एउटा सेमिनार हल रहने छ । हलमा तालिम, गोष्ठी, अन्तरक्रिया, तथा विवाह पार्टी गर्न सकिने छ । एक हजार जनासम्मको क्षमताको हल तयारी अवस्थामा रहेको होटल मुन स्टारका प्रो. कृष्ण कुमारी गैरेले जानकारी गराईन ।

शान्त पारिवारिक वातावरण र मुख्य राजमार्गबाट नजिकै भएकोले आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि समेत आफुुहरुले सुविधा उपलव्ध गराउन सक्ने हरी पौडेलले बताए । होटलले आफ्नै प्रयासमा आसपासमा रहेका पर्यटकीय गन्तव्यहरुको यात्रा गराउने छ । स्थानीय क्षेत्रका शास्वतधाम, मौलाकालिका, देवघाट, सौराहा, मेघौली लगायतका क्षेत्रमा होटलबाटै यात्राको ब्यवस्था मिलाईएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *