एड्भेन्चर स्टार गौतम खातीलाई कराँते खेलबाट सम्मान

काठमाण्डौँ, चैत्र ७ | तेजनेपाल

यही चैत्र ६ र ७ गते भुतपुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह र भक्तपुर उपमहानगरपालिकाका मेयर सञ्जय सुन्दर श्रेष्ठ ज्युको उपस्थितिमा आई के के एफ नेपालको आयोजनामा भएको पाँचौ ग्राण्ड राष्ट्रिय फुल कन्ट्याक्ट कराते च्याम्पियनशिप (IKKF Nepal Full Contact Karate National Championship 2021)को कार्यक्रममा एड्भेन्चर स्टार गौतम खातीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा देश भरिका सातै प्रदेशमा रहेका खेलाडीहरुको सहभागीता रहेको र राष्ट्रिय स्तरको खेल पनि खेलाइेएको थियो ।

एड्भेन्चर स्टाको उपाधी पाएका गौतम खातीले १५००० फिटको उचाइबाट हेलिकप्टरबाट संसारमा पहिलो पल्ट कंराते ब्ल्याक बेल्ट ड्रेस लगाई बिना केही सुरक्षा आफ्नो ज्यान जोखिममा राखेर देशको नाममा विश्व किर्तिमान कायम गरेर संसार भरी नाम राख्न सफल भए बापत उनलाई यो सम्मान दिईएको नेपाल फुल कन्ट्याक्ट करातेका प्रमुख प्रशिक्षक सिहान प्रेमनाथ श्रेष्ठले जनाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *