मोडल फरिताका बुबा सडक दुर्घट्नामा गम्भिर घाईते

काठमाण्डौँ, चैत्र ११ | तेजनेपाल

मोडल फरिता खड्का आफ्ना बुबा नईन्द्र बहादुर खड्का सडक दुर्घट्नामा परि गम्भिरघाईते हुनुभएपछि गृह जिल्ला ‘घर बेलका न.पा. वडा नं.९ उदयपुर’ रामपुर पुगेकी छन् ।

आफ्नै घर अगाडि सही बाटोमा हिडिरहेको अवस्थामा पछाडीबाट आएको नम्बर नखुलेको मोटर साईकलले ठक्कर दिएको थियो ।

दुर्घट्ना लगतै स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात धरान घोपाक्याम पुर्याई थप उपचार भैरहेको छ ।

चिकित्सकका अनुसार टाउकोमा गहिरो चोट लागेको छ भने दाईने खुट्टा चलाउनै नहुने गरि असर परेको जानकारी उपचनरमा संलग्न चिकित्सकले दिएका छन् ।

आफ्नो बुबाको दुर्घट्नाको खबर पाउना साथ रातारात मोडल फरिता खड्का धरान स्थित हस्पिटलमा बुबाको स्वास्थ्य स्थिति बुझ्न पुगेकी छन् ।

तेजनेपालको तर्फबाट उंहाको बुवाको शिघ्र स्वास्थ्य लाभको कामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *