गैडाकोटमा सुविधा सम्पन्न मुन स्टार होटलको गरियो उद्घाट्न

काठमाण्डौँ, चैत्र १५ | तेजनेपाल

गैडाकोटमा युवा व्यवसायीहरूको सामुहिक प्रयासमा होटल मुन स्टार सञ्चालनमा आएको छ ।

स्वदेशमा नै केही गर्नपर्छ भनि जापानमा लामो समय बसेर नेपाल फर्किनु भएका रामु गैरे र नायक, निर्माता ध्रुब न्यौपानेको संयुक्त लगानीमा गैँडाकोट २, शिलान्यास चोकमा सुविधा सम्पन्न होटल मुन स्टार शनिबार शुभारम्भ गरिएको हो ।

गण्डकी प्रदेशकै सबैभन्दा ठूलो एक हजार ५०० जना अट्ने सिट क्षमता भएको सभाहल सहित सेमिनार, भोज भतेर पार्टी गर्न एवं थ्री स्टारको लक्ष्य राखि होटल मुन स्टार सुरु गरेको व्यवसायी ध्रुब न्यौपानेले बताउनुभयो ।

रामु गैर १४ बर्षदेखि जापनामा रहेर रेष्टुरेन्ट व्यवसायमा सक्रिय हुनुहुन्छ भने न्यौपाने सिनेकर्मी तथा एक दशक देखि होटल लगायत बिभिन्न ब्यवसायमा संलग्न रहदै आउनुभएको छ ।

स्वदेशमा नै केही नयाँपन दिन र सामृहिक लगानीमा युवाहरूलाई आकर्षित गर्न सस्तोमा ५०० रुपैया र बढी दुई हजार ५०० रुपैयाँसम्मका कोठासमेत रहेको रामु गैरेले बताउनुभयो ।

नेपाली, चाईनिज, ईण्डियन, थाईलगायत यसियन फुड्सको सेवा उपलब्ध गराउनेगरी होटल सञ्चालन गरिएको ध्रुब न्यौपानेले बताउनुभयो ।
होटलमा पार्टी प्यालेस, रेष्टुरेन्ट एण्ड बार, सेमीनार हल, ट्राभलका लागि गाडी व्यवस्था छ ।

यस्तै नवलपुरकै उत्कृष्ट होटलको रुपमा स्थापित गर्ने होटलका व्यवस्थापक हरि पौडेलले बताउनुभयो । होटल एक भव्य समारोहबीच नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा कलाकारहरुको सांगीतिक प्रस्तुति रहनुका बिभिन्न क्षेत्र ब्यक्तित्वहरुको बाक्लो उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *