नेपालको जित, बंगलादेश २-१ ले पराजित

काठमाण्डौँ, चैत्र १५ | तेजनेपाल

थ्री नेसन्स कप फुटबलको उपाधि नेपालले जितेको छ ।

सोमबार काठमाण्डौं दशरथ रंगशालामा सञ्चालित भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गर्दै उपाधि जितेको हो ।

नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे ।

बंगलादेशले ८१ औं मिनेटमा गोल फर्काएको थियो ।

थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टिमको सहभागीता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *